शुक्रबार , जेठ २४, २०८२

बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण ।  यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । वास्तवमा उनीमाथि ठगीको आरोप लागेको छ ।

किन समस्यामा छिन् जरिन खान ?

जरिन खानको मुद्दा निकै पुरानो हो । वास्तवमा सन् २०१८ मा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । उनी विरुद्धको उजुरीमा उनले कोलकातामा भएको दुर्गा पूजा कार्यक्रममा प्रस्तुति दिनुपर्ने तर उनी त्यहाँ उपस्थित नभएको उल्लेख छ । यति मात्र होइन, कोलकाता र उत्तर २४ परगनामा ६ वटा काली पूजा कार्यक्रममा नगएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

यसपछि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नायिका र उनको म्यानेजरविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएपछि उनीहरूलाई सोधपुछका लागि बोलाइएको थियो । तर नायिका सोधपुछका लागि पनि नगएको र उनले कार्यक्रम आयोजकले गलत जानकारी दिएको आरोप लगाइन् ।

जरिन खानले आफ्नो बचाउमा आयोजकहरूले उनलाई बंगालका मुख्यमन्त्री लगायत धेरै मन्त्रीहरू कार्यक्रममा सहभागी हुने बताए पनि पछि उनको टोलीले त्यो कार्यक्रम निकै सानो स्तरको भएको थाहा पाएको बताइन् । यी कारणले उनले सो छोड्ने निर्णय गरेको स्पष्टीकरण दिइन् । रिपोर्टका अनुसार मुद्दा दर्ता भएपछि जरिनले न जमानतको लागि निवेदन दिएकी थिइन् न त अदालतमा हाजिर भइन् । बारम्बार अदालतको बोलावट बेवास्ता गरेपछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारीमा उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएपछि जरिनको बयान 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जरिन खानले इन्डिया टुँडेसँगको कुराकानीमा भनिन्, ‘यसमा कुनै सत्यता छैन भन्ने कुरा मलाई थाहा छ । खासमा म निकै अचम्ममा परेको छु र मेरो वकिलले यस विषयमा अनुसन्धान गरिरहेका छन् । त्यसपछि मात्रै म यो विषयमा राम्रोसँग भन्न सक्षम हुनेछु । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP