शनिबार , बैसाख ६, २०८२

चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।

धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।

उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए ।

प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP