मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । आजदेखि १० औँ राष्ट्रिय परिवार योजना दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ ।

यस वर्ष पनि “परिवार योजना सेवाको लक्ष्य: आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौँ सबै पक्ष” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा १० औँ राष्ट्रिय परिवार योजना दिवस देशभरि मनाइँदै छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै परिवार योजना सेवाले आमा तथा बच्चाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याएको उल्लेख गरेको छ । महाशाखाले यस सेवाको पहुँचमा पर्याउनका लगानी वृद्धि गर्न आवश्यक रहेको जनाएको छ । नेपालमा करिब ५३% मातृ मृत्युदरलाई कमी ल्याउन परिवार योजनाको योगदान रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणना २०७९ मा अनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको महाशाखाले उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार दम्पतीले दुई गर्भबीच कम्तीमा २ वर्षको अन्तर कायम गरेमा परिवार योजना सेवाले ३०% मातृ मृत्यु र १० % बाल मृत्यु घटाउँदछ ।

२० वर्ष उमेर नपुगी गर्भवती हुनबाट रोक्न, उपयुक्त जन्मान्तर कायम गर्न, अनिच्छित गर्भ रोकी महिलाको स्वास्थ्य र सशक्तीकरण गर्नका साथै जलवायुमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुर्‍याउने भएकाले परिवार योजनाको पहुँचको सुनिश्चितता आवश्यक रहेको परिवार कल्याण महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP