
काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष भलिबल तर्फ नेपाल पहिलो खेलमा बहराइनसँग पराजित भएको छ ।
नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट गुमाएर नेपालले पहिलो खेलमा नै हार बेहोर्यो ।
पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पराजित भयो । नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका छ ।