शुक्रबार , भाद्र १२, २०८३

लुम्बिनी प्रदेशको अग्रणी शाइन रेसुङ्गा बैंकले संघीय राजधानी काठमाडौंमा एकै दिन पांच स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ८० पुगेको छ ।
काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आइतबारदेखि औपचारिकरुपमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले संघीय राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित समारोहका बीच औपचारिक उद्घाटन गरे ।

अध्यक्ष पौडेलले शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई प्राथमिकता दिएपनि राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै संघीय राजधानीसहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा रहेको बताए । बैंकको शाखा सञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले लुम्बिनी प्रदेशलाई केन्द्र बनाएर आफ्नो ब्राण्ड जोगाउंदै संघीय राजधानीमा पनि आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्य सहित डिजिटल बैकिङलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने बताए ।
बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन, ३० अर्बभन्दा बढी कर्जा प्रवाह र ४ लाखभन्दा बढी र हाल ग्राहक भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP