सोमबार , अषोज २६, २०८३

कुनै समय डढेलोले सताएको अस्ट्रेलियामा अहिले बाढीले तहसनहस पारेको छ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवान हुन थालेपछि स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ।

ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८ हजारलाई सुरक्षीत स्थानमा सारिसकेको छ।

सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी डुबानको खतरा छ। मानवीय क्षति नभए पनि यसले धेरै मानिसलाई उठीवास लगाएको छ।

न्यूसाउथवेल्स राज्यको आपतकालीन सेवा विभागका कमिश्नर डेनियल अस्टीनले प्रभावित क्षेत्रका लागि चेतावनी जारी गरिएको र स्थितिलाई निकै नजिकबाट नियालिरहेको बताएका छन्।

उनले यी क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधान रहन पनि भनेका छन्। न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। बाढीका कारण १ सय ३० वटा स्कुल पनि आपतकालीन रुपमा बन्द गरिएको छ।

दुई दिनअघिको भारी वर्षाका र हावाहुरीका कारण प्रभावित बनेको पोर्ट मक्वारी र टारीका अधिकांश घरहरु डुबेका कारण स्थानीयलाई लगाउने लुगाकै समस्या भएको जनाईएको छ।

यसैबीच संघीय सरकारले बाढी र आँधी प्रभावित बनेका १६ काउन्सिल क्षेत्रमा प्रकोप भुक्तानीलाई बढाएको छ। उनीहरुले आर्थिक सहायताको लागि आवेदन दिन सक्नेछन्।

आईतबार राति ९ बजेसम्म आपतकालीन सहयोगका लागि १० हजार फोन कलहरु आएको र ८ सय उद्धार गरिसकिएको जानकारी प्राप्त भएको छ।

यसैबीच अष्ट्रेलियाका लागि नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई सतर्क रहन र बाढी अनि आँधीको जोखिमबारे सचेत रहन अपिल गरेको छ।

दूतावासले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रकाशित गर्दै कुनै आपतकालीन अवस्था आइपरेको बेला स्थानीय ईमर्जेन्सी सेवाको फोन नम्बरमा सम्पर्क गर्न वा दूतावासमा आफ्नो अवस्थाबारे जानकारी दिन भनेको छ।

अर्कोतर्फ, न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले पनि यस्तै सूचना जारी गर्दै कुनै पनि आपतकालीन अवस्थामा सहायताका लागि आफूहरू तयार रहेको जानकारी दिएको छ।

बाढी प्रभावित क्षेत्रहरुमा नेपालीहरुको समेत बाक्लो बसोबास भए पनि अहिलेसम्म त्यस्तो कुनै क्षतिको खबर भने आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP