शनिबार , जेठ ३२, २०८२

काठमाडौं । नेपाल फुटबल खेलाडी संघ र बीएन्डबी अस्पतालबीच सम्झौता भएको छ। खेलाडी संघ र अस्पतालबीच बुधबार एक कार्यक्रमका बीचसम्झौता भएको हो। सम्झौता पत्रमा बीएन्डबी अस्पतालका तर्फबाट प्रोफेसर डाक्टर अमित जोशी र संघका अध्यक्ष विक्रम लामाले हस्ताक्षर गरे।

सम्झौता अनुसार खेलाडीले उपचार तथा औषधिमा २० प्रतिशत छुट पाउनेछन्। यस्तै फुटबल खेलाडीको परिवारको उपचारमा १५ प्रतिशत छुट पाउनेछन्। अस्पतालमा उपलब्ध औषधिमा पनि १२ प्रतिशत छुट दिइने सम्झौता पत्रमा उल्लेख छ। यस्तै, विपन्न वर्गका खेलाडीका लागि वार्षिक रुपमा सिमित कोटामा निःशुल्क उपचार गर्नेछ। योसँगै खेलाडीका लागि स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोग संघले गर्नेछ।

अस्पतालका निर्देशक अशोक कुमार बास्कोटाले खेलाडीको उपचारमा आफ्हरुको अस्पताल सँधै गम्भीर रहेको बताउँदै खेलाडी संघसँगको सहकार्यले थप सहयोग पुग्ने बताए।खेलाडी संघका अध्यक्ष विक्रम लामाले चोट लागेपछि आर्थिक अवस्थाकै कारण कतिपय खेलाडीले उपचार नै गर्न नजाने अवस्थालाई यो सम्झौताले सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP