मंगलबार , अषोज २७, २०८३

बुटवल-नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल कार्यक्रम गरेको छ । शनिबार बुटवल,योगीकुटीमा गरीएको भेलामा आशन्न निर्वाचनकालागि युनीयनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।

भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाइ सबै पत्रकारहरुको साझा संस्थाकै रुपमा अगाडी बढाउन युनियतले नेतृत्वदायि भुमिका खेल्ने निर्णय गरेको छ । पत्रकार महासंघलाइ साझा रुपमा अगाडी बढाउन सम्पूर्ण पत्रकारहरुको एकता र सहकार्य आवश्यक भएको भन्दै भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरुलाइ सहकार्यकालागि आब्हान पनि गरेको छ । भेलाले निर्वाचन तयारीकालागि प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालको नेतृत्वमा निर्वाचन तयारी उच्च स्तरीय समिति पनि गठन गरेको छ ।

कार्यक्रममा संमितिका संयोजक तथा सल्लाहकार हरि लम्साल, खिमानन्द भट्टराई, हरिष ढकाल,रामराज पोख्रेल,भवानी प्रसाद पाण्डे, बिक्रम खड्का, यमलाल भुसाल, सभापति रेखा भुसाल,अग्रज पत्रकार दामोदर खनाल,महेन्द्र थापा,मिना ढकाल,लगायतले बोल्दै पत्रकारहरुको पेशागत हक अधिकारको रक्षा गर्दै पेशागत सुरक्षा,पूण प्रेस स्वतन्त्रताकालागि पत्रकार महासंघ रुपन्देहीमा सक्षम नेतृत्व चयनमा विशेष ध्यान दिइने बताए ।

कार्यक्रममा यसअघि प्रेस चौतारी रुपन्देहीको जिल्ला कार्य समिति सदस्य भइसकेकी पत्रकार निहारिका थापा बिन्दुलाई प्रेस युनियनमा स्वागत गरियो । प्रेस युनियन प्रवेश गरे संगै भेलामा बोल्दै उनले यसअघि संगठनात्मक बस्तुस्थिती नबुझी अन्य संगठनमा लागेको उल्लेख गर्दै नेपाल प्रेस युनियनको गरिमा महत्व बुझेरै आफु युनियनमा प्रवेश गरेको बताइन । युनियनलाइ बलियो बनाउन आफुले शसक्त ढंगबाट भुमिका खेल्ने प्रतिवद्धता जनाइन । कार्यक्रम युनियनका सचिव श्याम शंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP