मंगलबार , बैसाख २९, २०८३

नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविस्कार केन्द्रसँगको सहकार्यमा काठमाडौं–लुक्ला हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरेको छ।

प्राधिकरणले यसअघि पोखरा–जोमसोम रूटमा यी क्यामेरा पाइलट प्रजेक्टका रूपमा जडान गरेको थियो। उक्त क्यामेरा उपयोगी भएकाले अन्य रूटमा पनि विस्तार गरेको हो।

हवाइ उडान क्षेत्रलाई थप सुरक्षित र भरपर्दो बनाउन प्राधिकरणले आविस्कार केन्द्रसँग यसअघि नै सम्झौता गरको थियो। पहिलो चरणमा पोखरा जोमसोम रूटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिसकेको छ।

सो क्यामेराले इनरूट मौसमको जानकारीमा प्रभावकारी बनेकाले अब काठमाडौं–लुक्ला रूटमा पनि राख्न लागिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।

‘यसअघि पोखरा जोमसोम रूटमा राखिएको मौसमी क्यामेराले उपलब्ध गराउने मौसमी विवरण सुरक्षित उडानको लागि उपयोगी अन्य व्यस्त र भौगोलिक जटिलता भएका स्टोल एयरफिल्डहरूमा थप सुविधा विस्तार गर्नु परेमा दुबै पक्षले आपसी समझदारीमा कार्यक्षेत्र विस्तार गर्न सकिने सम्झौता भएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘त्यही सम्झौताअनुसार थप गन्तव्यमा पनि क्यामेरा जडान गर्न लागिएको हो।’

आगामी दिनमा सिमीकोट, डोल्पा लगायतका अन्य रूटमा पनि क्यामेरा राखेर हवाइ उडानलाई थप सुरक्षित बनाइने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP