
जितसँगै भारतसँगै भारत समूह ए बाट सुपर फोरमा प्रवेश गर्यो । नेपाल भारत र पाकिस्तान दुवैसँग फराकिलो अन्तरले पराजित भयो ।
केन्डीस्थिति पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस हारेर व्याटिंग गरेको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ३१ रन बनाएको थियो । तर भारतलृे २ ओभर १ बलमा १७ रन बनाएको अवस्थामा पानी परेपछि भारतले डक वर्थ लेविस नियम अनुसार २३ ओभरमा १४५ रन बनाउने लक्ष्य पाएको पाया, जुन उसले विना क्षति पुरा गर्यो । भारतले २० ओभर १ बलमा लक्ष्य पुरा गर्यो । रोहित शर्मा ७४ र शुभमन गिल ६७ रनमा नटआउट रहे । नेपालका सात जना बलरको प्रयोग भएपनि विकेट लिन सकेनन् ।
करण केसीले ४ ओभरमा २६, सोमपाल कामीले २ ओभरमा २३, गुल्सन झाले १ ओभर १ बलमा ११, ललित राजवंशीले ४ ओभरमा २४, सन्दीप लामिछानेले ४ ओभरमा ३९, कुशल मल्लले ३ ओभरमा ११ र दीपेन्द्रसिंह ऐरीले २ ओभरमा १२ रन दिए ।
राम्रो ब्याटिंग गरे पनि नेपालले बलिंग राम्रो गर्न सकेन । यसअघि केन्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले सबै विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । पहिलो पटक भारतसँग खेलेको नेपालले साहसिक प्रदर्शन गर्दै ४८ ओभर २ बल खेल्यो ।
पाकिस्तानसँग २५ ओभर पनि नखेली १०४ रनमा अलआउट भएको नेपालले भारतविरुद्ध ब्याटिंग साहस देखायो । नेपालको शुरुवात उत्कृष्ट रह्यो । कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गर्दै राम्रो आधार खडा गरे । यो जोडीले पहिलो विकेटका लागि ६५ रन जोड्यो । भुर्तेल ३७८ रन बनाएर आउट भए । आक्रामक खेलेका उनले २५ बलमा २ छक्का र तीन चौका प्रहार गरे ।
भुर्तेल क्रिजमा रहँदा झण्डै प्रतिओभर ६ को दरले रन बटुलेको नेपाल त्यसपछि भने नेपाल सुस्तायो । एकपछि अर्को विकेट खसे पनि अर्को किनारबाट आसिफले नेपालको पालि सम्हाले । कुशल भुर्तेल पछि भम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट भए पनि आसिफ शेखले धैर्यतापूर्वक खेल्दै अर्धशक पूरा गरे ।आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै ५८ रन बनाए ।
पहिलो विकेटका लागि कुशल र आसिफबीच पछि सातौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५० रनको साझेदारी गरे । यो साझेदारीले नेपाललाई २ सय रन पार गर्न मद्दत गर्यो । दीपेन्द्र्र २९ रनमा आउट भएपछि सोमपालले थप साझेदारी गरे । उनी ५६ बलमा २ छक्का र १ चौकाको मद्दतले ४८ रन बनाएर आउट भए ।
नेपालका लागि गुल्सन झाले २३, सन्दीप लामिछानले ९, भीम सार्कीले ७, कुशल मल्लले २ रन बनाए भने ललित राजवंशीले खाता खोल्न सकेनन् । करण केसी २ रनमा नटआउट रहे । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३ ३ तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान १ विकेट लिए ।