मंगलबार , बैसाख २९, २०८३

केन्डी । नेपाल  एसिया  कप  क्रिकेटको  समूह  चरणबाटै  बाहिरिएको छ ।  समूह  चरणको अन्तिम खेलमा  भारतसँग १० विकेटले   पराजित हुँदै  नेपाल प्रतियोगिताबाट बाहिरिएको हो  ।

जितसँगै  भारतसँगै  भारत समूह  ए  बाट सुपर  फोरमा  प्रवेश  गर्यो । नेपाल भारत र  पाकिस्तान  दुवैसँग फराकिलो अन्तरले  पराजित भयो ।

केन्डीस्थिति  पाल्लेकेले  इन्टरनेशनल स्टेडियममा टस हारेर  व्याटिंग गरेको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २  सय ३१ रन  बनाएको थियो  ।  तर भारतलृे २ ओभर  १ बलमा १७ रन बनाएको  अवस्थामा पानी परेपछि  भारतले  डक वर्थ  लेविस  नियम  अनुसार  २३ ओभरमा  १४५ रन  बनाउने लक्ष्य  पाएको पाया,  जुन उसले  विना  क्षति  पुरा गर्यो । भारतले  २० ओभर  १ बलमा  लक्ष्य पुरा गर्यो  । रोहित शर्मा  ७४  र  शुभमन गिल ६७ रनमा  नटआउट रहे । नेपालका सात  जना बलरको प्रयोग भएपनि विकेट लिन सकेनन् ।

करण  केसीले  ४ ओभरमा  २६, सोमपाल  कामीले  २ ओभरमा  २३, गुल्सन  झाले  १  ओभर  १ बलमा ११, ललित राजवंशीले ४ ओभरमा  २४, सन्दीप लामिछानेले ४ ओभरमा  ३९,  कुशल मल्लले  ३ ओभरमा ११ र दीपेन्द्रसिंह  ऐरीले २ ओभरमा  १२ रन  दिए ।

राम्रो ब्याटिंग  गरे पनि  नेपालले बलिंग राम्रो गर्न  सकेन ।  यसअघि केन्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले सबै विकेट गुमाएर  २ सय ३० रन बनाएको थियो । पहिलो पटक भारतसँग खेलेको नेपालले साहसिक  प्रदर्शन  गर्दै ४८ ओभर २ बल खेल्यो ।

पाकिस्तानसँग २५ ओभर पनि नखेली  १०४ रनमा  अलआउट भएको  नेपालले भारतविरुद्ध ब्याटिंग साहस  देखायो  ।  नेपालको  शुरुवात  उत्कृष्ट रह्यो । कुशल भुर्तेल र आसिफ  शेखले राम्रो  साझेदारी  गर्दै राम्रो आधार खडा गरे ।  यो जोडीले  पहिलो विकेटका  लागि ६५ रन  जोड्यो । भुर्तेल ३७८ रन बनाएर  आउट भए  । आक्रामक  खेलेका उनले २५ बलमा २ छक्का र तीन चौका प्रहार गरे ।

भुर्तेल क्रिजमा रहँदा झण्डै प्रतिओभर  ६ को दरले  रन बटुलेको  नेपाल त्यसपछि  भने  नेपाल सुस्तायो  ।  एकपछि  अर्को  विकेट खसे  पनि  अर्को  किनारबाट आसिफले नेपालको पालि सम्हाले । कुशल भुर्तेल पछि भम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट भए पनि आसिफ शेखले धैर्यतापूर्वक  खेल्दै  अर्धशक पूरा गरे ।आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै ५८ रन बनाए ।

aashif_501693840477.PNG

पहिलो  विकेटका  लागि कुशल र  आसिफबीच पछि  सातौं विकेटका लागि दीपेन्द्र  सिंह ऐरी र सोमपाल कामीले ५० रनको   साझेदारी गरे  । यो  साझेदारीले नेपाललाई २ सय रन पार  गर्न  मद्दत  गर्यो । दीपेन्द्र्र २९ रनमा  आउट भएपछि  सोमपालले   थप साझेदारी गरे । उनी  ५६ बलमा २ छक्का र १ चौकाको  मद्दतले  ४८ रन बनाएर आउट  भए  ।

नेपालका लागि गुल्सन  झाले २३,  सन्दीप  लामिछानले  ९,  भीम सार्कीले ७, कुशल  मल्लले २ रन  बनाए  भने  ललित राजवंशीले  खाता खोल्न  सकेनन् ।   करण केसी  २ रनमा  नटआउट रहे । भारतका   लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३ ३ तथा मोहम्मद सामी,  हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP