आइतबार , बैसाख ७, २०८२

एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए। त्यतिबेला नेपालले ३१.५ ओभरमा  ६ विकेटको क्षतिमा १४४ रन जोडेको थियो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

कुशल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।

बलिङमा भारतका जडेजाले ३ विकेट लिएका छन् भने मोहमद सिराजले २ विकेट हात पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP