मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधामन्त्री केपी शर्मा ओलीको अहंकारले पार्टीमा विभाजन आएको बताएका छन्।

नेपाल मगर संघ कर्णाली प्रदेशको कार्यक्रममा प्रशिक्षकका रूपमा सुर्खेत आएका नेता थापाले ओलीले गरेको असंवैधानिक कदमका कारण अहिले बहुमत पाएको नेकपा एक ठाउँमा रहन नपाएको बताए।

उनले अहिलेको यो परिस्थितिमा पनि ओलीले अहंकार देखाउन खोजेको बताए।

‘प्रधानमन्त्री ओलीले आफ्नो अहंकारका कारण संसद विघटन गरे, अदालतले न्याय गर्‍यो,’ थापाले भने, ‘तर प्रधानमन्त्रीले राजीनामा दिएनन्, उनलाई अझै दम्भ छ कि मैले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गर्‍यो। अब यो संसदलाई काम नलाग्ने गराउँछु भन्ने उनलाई लागेको छ।’

सरकारका तर्फबाट संसदलाई दिनुपर्ने विजनेस नदिएर प्रतिनिधि सभालाई काम गर्न सकेन भन्ने पार्ने योजनामा ओली रहेको थापाले बताए।

‘संसदले काम गर्न नसक्ने भन्ने पारेपछि ओलीले दुइटा विकल्प रोज्नेछन्,’ उनले भने, ‘पहिलो मधेशवादी दलको साथ पाए आफ्नै नेतृत्वमा सरकार बनाउने, दोस्रो आफूविरूद्ध बोल्ने सबैलाई तर्साएर सरकार अबको दुई वर्ष टिकाउने।’

केपी शर्मा ओलीले एकपछि अर्को गर्दै संविधानमाथि अन्याय गर्न लागेकोले यसलाई सबै मिलेर रोक्नुपर्ने थापाले बताए।

उनले अब देशको परिस्थिति सम्हाल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

‘हामीले पाँच वर्ष सरकार चलाउँछौं भनेर नेकपा बहुमतसहित आयो हामी पनि पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भयौं,’ थापाले भने, ‘अब त नेकपा त छँदै छैन, यस्तो बेलामा कांग्रेसले सम्हाल्नुपर्ने छ।’

अब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर निष्पक्ष चुनाव गराउने उनले बताए।

नेपाली कांग्रेसकै नेतृत्वको सरकारले भयरहित वातावरणमा चुनाव गराउने र जनताको बहुमत अनुसार आगामी सरकार सञ्चालन हुने उनले बताए।

नेपाली कांग्रेसका महाधिवेशनलाई लक्षित गर्दै नेता थापाले भने, ‘हामीले आफूलाई सच्याउने बेला आएको छ, महाधिवेशन पनि नजिकै आएको छ,’ उनले भने, ‘यस्तो बेलामा हामी सबै सच्चिएर जानुपर्छ, तिक्तता कसैले पनि नबढाऔं।’

आगामी चुनावमा जाँदा नेपाली कांग्रेसले समृद्ध नागरिकसहितको समृद्धिको संकल्प गरेर जनतामाझ जाने उनले बताए।

‘हामी चुनावमा जाँदा कम्युनिष्टको जस्तो खोक्रो समृद्धिको सपना देखाउँदैनौं, हामी नेपालमै युवाहरूको रोजगारीको ग्यारेण्टी गर्नेगरी समृद्धिको एजेण्डा लिएर जान्छौं,’ थापाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP