मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

वालुवाटारमा बसेको बैठकमा सहभागी एक नेताले रामकुमारी झाक्रीको नाम छुट्यो नि भन्ने प्रश्न गरेपछि अध्यक्ष ओलीले वेट नै नभएकासँग के को स्पष्टिकरण भनि जवाफ दिएका थिए।

बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई दिएको जानकारी अनुसार ओलीले भने,‘झाँक्रीसँग के को वेट छ र, वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नू?’

आजको बैठकले सुरूमा नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अन्तिममा वेट नपुगेको भन्दै झाक्रीलाई कारबाही गर्ने विषयमा नाम हटाइएको छ।

बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने भएको छ।

बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने भन्दै नत्र कारवाहीको प्रक्रिया अघि बढाइने प्रष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP