शनिबार , बैसाख ६, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

वालुवाटारमा बसेको बैठकमा सहभागी एक नेताले रामकुमारी झाक्रीको नाम छुट्यो नि भन्ने प्रश्न गरेपछि अध्यक्ष ओलीले वेट नै नभएकासँग के को स्पष्टिकरण भनि जवाफ दिएका थिए।

बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई दिएको जानकारी अनुसार ओलीले भने,‘झाँक्रीसँग के को वेट छ र, वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नू?’

आजको बैठकले सुरूमा नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अन्तिममा वेट नपुगेको भन्दै झाक्रीलाई कारबाही गर्ने विषयमा नाम हटाइएको छ।

बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने भएको छ।

बैठकलाई सम्बोधन गर्दै ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने भन्दै नत्र कारवाहीको प्रक्रिया अघि बढाइने प्रष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP