आइतबार , बैसाख ७, २०८२

नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले शुक्रबार बहराइनविरूद्ध १० विकेटको जित हात पारेको हो।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो।

नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।

त्यसअघि बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भयो। उसका लागि दिपिकाले सबैभन्दा बढी ११ रन जोडिन्।

बलिङमा नेपालकी इन्दू बर्माले ३ र खुसी डंगोलले २ विकेट लिए।

यसअघि नेपालले बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकालेको थियो।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP