सोमबार , बैसाख ८, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो ।

‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । उक्त विधान शनिबारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।
कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विक, लगायत १० जना सांसदले धारणा राखेका थिए ।
विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ ।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । संसदीय दलको बैठकमा माधव पक्षका ३८ जना सांसदले दलको बैठक विधि सम्मत नभएको भन्दै ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP