मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ । झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएको हो । सो असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए ।

बालुवाटार परिसरमा सञ्चारकर्मींहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३८ सांसदको बैठकले निर्णय गरेअनुसार ५ बुँदे असहमतिपत्र ओलीसमक्ष पेश गरेको बताए ।
पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ ।

यस्तै बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा समेटिएको छ ।

यी कुराहरु नहुँदासम्म आफूहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ । ओली पक्षको संसदीय दलको बैठक चल्दै गर्दा ३८ सांसदको हस्ताक्षरसहित उनीहरु बालुवाटार पुगेका थिए ।

संसदीय दलको बैठकमा सोम पाण्डेले असमतिपत्र प्रस्तुत गरेको थिए । सो पत्रबारे ओलीले गठन गरेको संसदीय बोर्डमा छलफल हुने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP