शनिबार , भाद्र १३, २०८३

काठमाडौं । चार देशसम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपाल र हङकङबीचको खेलमा वर्षाले बाधा उत्पन्न गरेपछि डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो ।यो नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो ।

टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनाउँदै नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । तर  जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभर खेलेर  १ विकेटको क्षतिमा बनाउँदै ३७ रन बनाएको अवस्थामा पानीले खेल रोकियो । र नेपालले डकवर्थ लुइस पद्धतिबाट १३ रनले जित निकाल्न सफल भयो ।

नेपालको तर्फबाट  इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाए ।  काजल श्रेष्ठ शून्यमा आउट हुन पुगिन् ।पहिले ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले नटआउट १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १–१ विकेट लिइन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले  सिरिज खेलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP