शनिबार , जेठ ११, २०८२

एथेन्स । उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोबाट प्रभावित १८ जनाको शव फेला परेको ग्रीसको दमकल सेवाले जनाएको छ । प्रारम्भिक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। कोरोनर र अनुसन्धान टोली डडिया जंगल नजिकै घटनास्थलतर्फ गएको छ ।

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ। त्यसपछि अलेक्जान्ड्रो पोलिस सहरको एउटा अस्पताल खाली गर्नुपर्‍यो र नवजात शिशुहरू र सघन हेरचाहका बिरामीहरू बन्दरगाहमा डुंगामा सारियो।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल  सन्देशहरू पठाएका छन् ।

पछिल्लो डरलाग्दो खोज हुनु अघि प्रारम्भिक मृत्यु यस क्षेत्रमा एक आप्रवासीको भएको विश्वास गरिएको थियो। मङ्गलबार धेरै ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उच्च हावा र तापक्रमले ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु