शनिबार , बैसाख ६, २०८२

बुटवल । रुपन्देहीमा पछिल्लो समय हत्याका घटनाहरु बढी रहेका छन् । यसैबीच जिल्लाको सिद्धार्थनगरका ४ युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । सिद्धार्थनगर नगरपालिका ९ बस्ते घनश्याम कोईरीको हत्या अभियोगमा प्रहरीले शुक्रबार युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षिय रहेमान अली, २६ वर्षका सुनिल गुरुङ, २८ वर्षिय मुख्तार पठान र सिद्धार्थनगर नगरपालिका १२ बस्ने २१ वर्षका धर्मराज अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतकको सब विहिबार साझ जिल्लाको ओमसतिया गाउँपालिका–४ परासी भैरवा सडकदेखि उत्तरतर्फको गहुँ खेतमा फेला परेको थियो । अनुहार प्रष्ट नचिनिने गरी गलेको अवस्थामा रहेको सबका बारेमा अनुन्धान जारी राखेको प्रहरीले परिवारसँग सम्पर्क गरी पहिचान गरे लगत्तै हत्या आरोपीहरुलाई पक्राउ गरेको हो ।

मृतकका श्रीमतीले यसअघि खोजी गरिदिन प्रहरीमा रिपोर्ट गरेका आधारमा सब पहिचान गर्न सफल भएको थियो । ८ महिना अगाडी स्थानीय सुनिल गुरुङ र कोईरीको परिवार बीच झगडा भई मित्रापत्रसमेत गरिएको तथा आरोपीत ४ जना नै लागु–औषध दुर्व्यसनीमा संलग्न रहेको आधारमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । मृतक र आरोपित बीच समय समयमा सामान्य विवावद हुने गरेको तथा लागूऔषध खाइसकेपछि विवाद उत्पन्न भई हत्या भएको प्रारम्भीक अनुन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP