शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको छ ।

लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल १८ गते औपचारिक उद्घाटन सहित संचानलमा आउन लागेको हो । हलको उद्घाटन १८ गते राखिएको हलका संचाल समेत रहेकी कलाकार निर्देशक दीपाश्री निरौलाले बताइन् ।

‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित संचालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म ‘छक्का पन्जा ४’ लाग्ने छ ।

‘उद्घाटनमा सबैलाई फ्रिमा फिल्म हेराउनपर्छ’ दीपाले भनिन् ‘फ्रिमा हेराउनहरुले फिल्म नदेलान् भनेर आफ्नै फिल्म देखाउन लागिएको हो ।’ त्यसपछि भने हलमा नेपाली फिल्म ‘ऐँचो पैचो’ र  शाहरुख खानको ‘जवान’ लाग्ने दीपाले सुनाइन् । हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुनपुग्यो ।

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP