मंगलबार , असार २३, २०८३

परिमाण पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा पेट्रोलियम पदार्थ आयातमार्फत बाहिरिने रकम घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा आयातको परिमाण बढे पनि यसमार्फत बाहिरिने रकम खुम्चिएको तथ्याङ्कले देखाएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा मट्टितेल बाहेक पेट्रोल, डिजेल र हवाई इन्धनकै आयात मूल्य घटेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पेट्रोल आयातमा ५ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा ९४ अर्बले कम हो । गत आर्थिक वर्षको साउन महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल आयात भएको थियो ।

यो वर्ष पेट्रोलको आयात मूल्य खुम्चिए पनि आयातको परिमाण भने गत वर्षको तुलनामा बढेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको साउन महिनामा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु वर्षको साउन महिनामा भारतबाट ५६ हजार ९०१ किलोलिटर पेट्रोल भित्रिएको छ । यो गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरै हो ।

यस्तै, चालु वर्षमा ९ करोड ८६ लाख रुपैयाँको मट्टितेल आयात भएको छ । यो रकम गत वर्षको यही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ७ करोड ९४ लाख रुपैयाँको ५४० किलोलिटर मट्टितेल भित्रिएको थियो । चालु वर्षमा भने १ हजार ६० किलोलिटर मट्टितेल भित्रिएको छ ।

तथ्याङ्कअनुसार हवाई इन्धनको आयातमा चालु वर्षको पहिलो महिनामा १ अर्ब १७ करोड बाहिरिएको छ । यो गत वर्षको पहिलो महिनाको तुलनामा १७ अर्बले न्यून हो । गत वर्षको यही अवधिमा हवाई इन्धनको आयातमा १ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै, गत वर्ष १० हजार १८१ किलोलिटर हवाई इन्धन भित्रिएकोमा चालु वर्षमा १२ हजार ५४८ किलोलिटर भित्रिएको छ ।

हवाई इन्धनसमेत गत वर्षको तुलनामा २ हजार किलोलिटरभन्दा धेरैले आयात भएको छ । यद्यपि, आयातमार्फत बाहिरिने रकम भने १७ अर्बले खुम्चिएको छ । यसबाहेक, गत वर्षको साउन महिनामा ८ अर्ब ९८ करोडको डिजेल भित्रिएकोमा यो वर्षको सोही अवधिमा ७ अर्ब ३४ करोडको डिजेल भित्रिएको छ ।

जबकि, गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा डिजेलको आयात परिमाणसमेत बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल भित्रिएकामा यो वर्ष साउनमा ७६ हजार ७१६ किलोलिटर डिजेल भित्रिएको छ । यो करिब १० हजार किलोलिटरले बढी हो । यो तथ्याङ्कले आयातको परिमाण बढे पनि बाहिरिने रकम भने घटेको देखाउँछ ।

डेढ अर्बले घट्यो एलपीजीको आयात

चालु वर्षको पहिलो महिनामा एलपी ग्यासको आयात १ अर्ब ४५ करोड रुपैयाँले घटेको छ । तथ्याङ्कअनुसार गत वर्षको साउन महिनामा ५ अर्ब २७ करोड रुपैयाँको एलपी ग्याँस आयात भएको थियो । जबकि, चालु वर्षको साउन महिनामा एलपी ग्यास आयातमा ३ अर्ब ८२ करोड रुपैयाँ बाहिरिएको छ । यस अवधिमा आयात रकम घटे पनि आयात परिमाण भने बढेको छ ।

गत वर्षको साउन महिनामा ४ करोड १४ लाख किलोग्राम एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा ४ करोड ५६ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

कच्चा तेलको मूल्य घट्दा फाइदा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालमा गत वर्षको तुलनामा आयात बढे पनि आयातमार्फत बाहिरिने रकममा गिरावट आएको छ । तथ्याङ्कअनुसार गत वर्ष सन् २०२२ को अगस्ट २४ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलर थियो । जुन, सन् २०२३ को अगस्ट २४ मा प्रतिब्यारेल ७८ अमेरिकी डलर कायम छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर गत वर्षको तुलनामा कच्चा तेलको मूल्य घटेका कारणः नेपालमा आयातको परिमाण बढे पनि बाहिरिने रकम घटेको बताउँछन् । यद्यपि, पछिल्लो समय फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो अवस्थामा छ । जुन, नेपाललाई समेत चिन्ताको विषय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP