मंगलबार , असार २३, २०८३

नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान बिहान योगामात्र नभएर कहाँ कहाँ गल्ती गरे भनेर आत्मसमीक्षा गर्न पनि सुझाव दिुनभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बिहान बिहान योगामात्र नभएर कहाँ कहाँ गल्ती गरे भनेर आत्मसमीक्षा गर्न प्रधानमन्त्री ओलीलाई सांसद भुसालले सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो, ‘बिहान बिहान योगा होइन । कहाँ कहाँ गल्ती भो भनेर आत्मसमिक्षा पनि गर्नुस् ।’

यसैगरी दुई तिहाई ल्याउँछु भन्ने भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले आग्रह गर्नुभएको छ । दुई कम्युनिस्ट पार्टी मिलेर देशलाई शान्ति, समृद्धि र स्थिरतातर्फ लैजान अवसरको सदुपयोग नगरेर प्रधानमन्त्री ओलीले ठूलो भूल गरेको उहाँको भनाइ छ ।

लामो समय जेल बसेको र केही राम्रा काम गरेको भए पनि जनताले लामो आन्दोलनबाट ल्याएको परिवर्तन, संविधान र गणतन्त्र समाप्त पार्ने कदमले ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिएको सांसद भुसालले भन्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘कुनै बेला आन्दोलन गर्नुभयो, लामो समय जेल बस्नुभयो। तर घटना कस्तो हुँदो रहेछ भने मान्छेको जीवनमा धेरै राम्रा काम गरे पनि एउटै कुकृत्यले इतिहासलाई कालो बनाइदिन्छ’, उनले भनिन्, ‘जनताले ७ दशक लामो आन्दोलन गरेर ल्याएको परिवर्तन, संविधान, संविधानवाद र लोकतान्त्रिण गणतन्त्रलाई समाप्त पार्ने कदमले तपाईंको नाम इतिहासका कालो अक्षरले लेखिएको छ।’

यसैगरी प्रधानमन्त्री ओलीले अलिअलि आलोचना पनि सुन्न सांसद भुसालले आग्रह गर्नुभएको छ । ‘अलि मान्छेको आलोचना पनि सुन्नुहोस्, आत्मसमीक्षा गर्नुहोस, मेरो विशेष अपिल छ । दुई तिहाइ ल्याउछु भन्ने भ्रम नदिनुहोस्, दबाब र प्रलोभनमा पारेर आफ्नै पार्टीलाई एकताबद्ध पार्न सक्नु भएको छैन,’उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP