
काठमाडौँ । भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको कप्तान रोहित पौडेन नेतृत्वको नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कपको अन्तिम तयारी आयोजक राष्ट्र पाकिस्तानमै गर्ने योजनासहित यात्रामा निस्कने नेपाली टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने हुने छैनन् ।