शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं: राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सबै एमाले नेताहरुलाई एकजुट हुन आग्रह गरेका छन् । भोलि (शनिबार) हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सबै फरक मत राख्ने नेताहरूलाई उनले आग्रह गरेका छन् ।

उनले शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान संघको बैठकमा बोल्दै फरक मत राखेर पनि विधि विधान प्रक्रियाका कुरामा अलग भएर र बाहिर बसेर भन्दा पनि बैठकमा बसेर पार्टीलाई ठिक ठाउँमा ल्याउन सकिने बताए ।

वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनालसँगै आफू पनि बैठकमा सहभागी हुने छु भन्दै दुबै नेतालाई आफूले खुन पसिना बगाएर निर्माण गरेको पार्टीलाई सम्हालेर जान आवश्यक रहेको बताए । नेता गौतमले बैठकअघि नेता नेपाल र खनालसँग वार्ता गर्ने पनि जनाएका छन्।

यसका लागि अध्यक्ष केपी ओलीले थप सकारात्मक पहल गर्ने आशा पनि उनले व्यक्त गरेका छन् । त्यसका लागि फागुन २८ को बालुवाटार बैठककाे निर्णय फिर्ता हुनु पर्ने बटमलाइन रहेको पनि गौतमले बताए। अरु नेता जाने वातावरण नहुने हो र नेता नेपाल, खनाल सहभागी नहुने अवस्थामा वामदेव पनि सहभागी नहुने एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP