शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । ओखर स्वादमा मात्र होइन पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स हो। ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ। ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ। अल्फा लिनोलेनिक एसिड र एएलए ओमगा थ्रि फ्याट्टी एसिडको एक प्रकार हो, जसले एक प्रकारको सुजनलाई कम गर्न मद्दत गर्दछ।

प्रोटिनको राम्रो स्रोत मानिने ओखरमा भिटामिन ए, बि-६, बि-१२, सि, डि, इ र के पाइन्छ । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो। ओखरको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ।

बिहान र मध्यान्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । हृदय रोग लाग्नबाट बचाउँछ । दुई वटा ओखर, एउटा बदाम बिहान/बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ । महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ ।

मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ । ओखरले मुटु, मस्तिष्कलाई स्वस्थ राख्ने मात्र नभई क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि बचाउँछ। ओखरको सेवनले स्तन क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएको छ। ओखरको नियमित सेवनले पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। ओखरले रक्तचाप घटाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP