शनिबार , बैसाख ६, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का सांसद हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेको स्रोतको दाबी छ । तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने’दयगत आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सम्भवतः आइतबार नै मन्त्रिपरिषद् हेरफेर हुनेछ । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई जना मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।

‘जनमत पार्टी र माओवादीबाट एक–एक जना नयाँ मन्त्री नियुक्त गर्ने आन्तरिक तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ, माओवादीबाट मन्त्री भएकामध्ये दुई जनालाई फिर्ता बोलाएर सम्भवतः आइतबार नै शपथ गराउने तयारी छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी उपमहासचिव वर्षमान पुनः निकट मानिने तामाङलाई मन्त्री बनाउन पार्टीबाटै दबाब आएको छ । अहिलेका मन्त्री मोदी, किराती र शर्मा तीनै जना माओवादीबाट सरकारमा गएका नेता हुन् । तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाउनुपर्ने र जनमतका साहसँगै माओवादीका तामाङलाई समेत मन्त्री बनाउनुपर्ने दबाब प्रचण्डमाथि छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP