मंगलबार , अषोज २७, २०८३

आज देशभरीका दस नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान् छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार आज नारायणी, त्रिशुली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पश्चिम राप्ति नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ।

बबई नदीमा जलसतह सतर्कता तह नाघ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन  आग्रह गरेको छ।

त्यस्तै ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केहि स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

सुर्खेत, दैलेख, अछाम, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जानकारी दिएको छ।

साथै मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (ब.सु.पु.), नवलपरासी (ब.सु.प), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने सक्ने भएकाले सामान्य सतर्कता अपनाउन भनिएको छ।

आज दिउँसो र राति सातै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP