शुक्रबार , जेठ ८, २०८३

काठमाण्डाै – गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य किलोमा १५० रुपैयाँदेखि २ सय रुपैयाँ छ ।

खुद्रा पसलमा दोब्बर तेब्बरसम्म मूल्य पर्छ । यस्तै, आज लोकल सानो गोलभेँडा किलोको ६० देखि ७० रुपैयाँ तथा टनेलको गोलभेँडा किलोको ७५ देखि ९० रुपैयाँ छ । यस्तै, ठूलो गोलभेँडा किलोको १४० देखि १६० रुपैयाँ थोक मूल्य छ ।

नेपालमा धेरैजसो हरियो धनियाँँ र गोलभेँडासहित तरकारी भारतबाट भित्रिने गरेको छ । तर, अहिले गर्मीका कारण भारतमा नै उत्पादन कम हुँदा गोलभेँडा र धनियाँँलगायत तरकारी भारतमै महँगो छ । भारतमा तरकारी महँगो नहुँदा नेपाली उत्पादन समेत त्यसतर्फ निर्यात हुन थालेको छ । यसको असर नेपाली बजारमा परेको हो ।

नेपालमा धनियाँँ, गोलभेँडालगायत तरकारी फलाउन उपयुक्त वातावरण भए पनि मागअनुसार उत्पादन हुन सकेको छैन । यस्तै, कतिपय अवस्थामा भारतीय तरकारी सस्तो पर्न जाँदा व्यापारीले स्वदेशी तरकारी खरिद नगरिदिँदा किसान मर्कामा पर्ने गरेका छन् ।

खेती गर्न प्रोत्साहन नहुँदा र उत्पादन भएका तरकारीले बजार नपाउँदा व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या घट्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP