शुक्रबार , भाद्र १२, २०८३

मस्को । भारतपछि अब रुसले पनि चन्द्रमाका लागि लुनार मिसन लुना–२५ प्रक्षेपण गरेको छ ।
रुसले ४७ वर्षपछि आफ्नो रकेट पठाएको हो । लुना २५ मस्कोबाट ५५०० किलोमिटर पूर्वमा रहेको अमुर ओब्लास्टको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो। भारतको चन्द्रयान–३ अघि रुसको लुना–२५ चन्द्रमामा पाइला राख्ने बताइएको छ ।

रुसी मिडियाका अनुसार अगस्ट ११ शुक्रबार बिहान ४ः४० बजे लुना–२५ ल्यान्डर रुसको भोस्टोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो । लुना–२५ सोयुज २.१बी रकेटमा चन्द्रमामा पठाइएको हो । यसलाई लुना ग्लोब मिसन नाम दिइएको छ। रकेटको लम्बाइ लगभग ४६.३ मिटर छ, जबकि यसको व्यास १०.३ मिटर छ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ चन्द्रमातर्फ प्रस्थान गरेको जनाएको छ । पाँच दिनसम्म यो चन्द्रमातर्फ सर्नेछ । यसपछि ३१३ टन तौलको रकेटले ७–१० दिनसम्म चन्द्रमाको परिक्रमा गर्नेछ । २१ वा २२ अगस्टमा यो चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ।

रुसी मिडियाका अनुसार रुसले ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ । चन्द्रमाको यस ध्रुवमा पानीको सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

यसको ल्यान्डर लगभग ८०० किलोग्राम छ। लुना–२५ ले सफ्ट ल्यान्डिङ अभ्यास गर्नेछ। ल्यान्डरमा एक विशेष उपकरण छ, जसले सतहको ६ इन्च खन्न सक्छ। लुनाले २५ वटा चट्टान र माटोको नमूना संकलन गर्नेछ । यसले जमेको पानी खोज्न सक्छ। रसियाको लक्ष्य भनेको भविष्यमा चन्द्रमामा मानिस स्थायी रुपमा बसेमा उनीहरुलाई पानीको समस्या हुन्छ या हुँदैन भन्ने बुझ्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP