सोमबार , अषोज २६, २०८३

बुटवल । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि मात्र नेकपा एमाले त्रिवेणी गाउँपालिकाको अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिवेणी गाउँपालिका – ९ फालाबाङका ३३ वर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न ब्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ । “

आरोपी परियारले पत्र, फोन र एसएमएस मार्फत विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्कीहरू दिँदै आएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP