शुक्रबार , चैत्र २८, २०८१

रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले उक्त खरिदबारे छानबिन थालेका छन् ।

सुवेदीले लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल सञ्चालन गरेका छन् । उनै सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।

हिमालयन टाइगर कम्पनी भने अमेरिकाको डेलावेयरमा रजिष्ट्रेशन छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद भएको हो । उक्त खरिदसँगै रिसोर्टको सेयर स्वामित्व सुवेदी नेतृत्वको हिमालयन टाइगरमा सरेको छ ।

नेपालमा अहिले एक क्विन्टल सुन तस्करी प्रकरण चुलिएको छ । सरकारले सुन तस्करीको छानबिनको जिम्मा सिआईबीलाई लगाएको छ । सुन हङकङबाट आएको हो । क्याथे प्यासिफिक एयरलाईन्सबाट सुन नेपाल भित्रिएको हो । हङकङबाटै यति ठूलो परीमाणमा सुन नेपाल भित्रिएको र त्यही समयमा टाइगर प्यालेस रिसोर्टको किनबेच पनि हङकङमै भएकोले सरकार र अख्तियारले छुट्टाछुट्टै छानबिन अघि बढाएका छन् ।

तर, लगानीकर्ताहरुले भने सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाएका छन् । उक्त रिसोर्ट किन्नको लागि कूल पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाईएको छ । उक्त रिसोर्टको नयाँ लगानीकर्ताको रुपमा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्य पनि रहेको बुझिएको छ । सुवेदी र आचार्यका साथै क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, अमेरिकाका डा. केशव पौडेललगायत पनि लगानीकर्ताको रुपमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु