शनिबार , बैसाख ६, २०८२

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चट्टानी अडान लिने भएका छन् । उनले कुनै हालतमा ओलीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ ।

ओलीसँग सहकार्य नगर्ने मात्र नभई उनको कदमलाई साथ दिनेलाई पनि प्रचण्डले साथ नदिने भएका छन् । ओलीले प्रतिनिधि सभा विघटनको कदम चाल्दा जो जो मौन बसे तिनीहरुसँग प्रचण्ड सहकार्य नगर्ने पक्षमा पुगेका छन् । जो जो विघटनविरुद्ध कडा रुपमा उभिए उनीहरुसँग नै सहकार्य गरेर बढ्ने प्रचण्डको रणनीति खुलेको छ ।

प्रचण्डले आज सिन्धुलीमा पुगेर कार्यकर्तामाझ चालेको कदम असंवैधानिक भन्नेहरुसँग समिकरण बन्ने खुलासा गरे । त्यस्तो समिकरण र सहकार्य पार्टीहरुसँग र ती पार्टीका व्यक्ति विशेषसँग पनि हुनसक्ने संकेत गरे । यसैलाई आधार बनाएर प्रचण्डले राजनीतिक तरंग ल्याउने कदम चाल्ने भएका छन् । उनले काठमाडौं आएलगत्तै त्यस्तो निर्णय गरेर बढ्ने बुझिएको छ ।

प्रचण्डले हिजो सिन्धुली पुगी रिफ्रेश भएपछि नयाँ जोसका साथ बोलेका छन् । अब उनी फेरि नयाँ जोससाथ प्रस्तुत हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय आएको समेत बताए । हटाउन नयाँ प्रधानमन्त्रीका बारे समेत प्रचण्डले संकेत गरे । ओलीको कदमविरुद्ध खरो रुपमा प्रस्तुत भएको व्यक्ति नै प्रधानमन्त्री हुनसक्ने प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP