मंगलबार , अषोज २७, २०८३

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ।

सभामुख घिमिरेको पहलमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलमा दलका उपनेता, प्रमुख सचेत र सचेतक पनि थिए।

तर उच्चस्तरीय समिति बनाएर सुन प्रकरण छानबिन गर्न सरकार तयार नदेखिएको एमाले सचेतक महेश बर्तोलाले बताए।

‘सरकार आफ्नै अडानमा छ, हामीले उच्चस्तरीय समितिको माग गरिरहेका छौं,’ उनले भने, ‘पहिलो चरणको छलफल सकियो। आजै साढे तीन बजे पुनः बस्छौं। छानबिन समिति बनाउनचाहिँ सत्तापक्ष अहिलेसम्म तयार छैन।’

अर्को बैठक संघीय संसद भवन नयाँ बानेश्वरमै बस्ने उनले बताए। आजको बैठकमा सत्तापक्ष केही लचिलो देखिकाले सहमतिको सम्भावना रहेको एमालेले बताएको छ।

साढे तीन बजे सभामुखसहित शीर्ष नेता छलफल गर्ने भएपछि प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गरेको थियो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेरै स्थगित भएको थियो।

सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले गत साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग पटक-पटक टेलिफोनमा कुराकानी गरेको पनि उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

‘त्यसबीचमा सभामुखज्यूले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP