शनिबार , बैसाख ६, २०८२

केपी ओली नेतृत्वको नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल-नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ। त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।

बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिए।

यसमा खनाल-नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP