
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
‘होटलमा झुन्डिएको भन्ने खबर आएको, घट्ना के कसरी भयो’ भन्ने छानबिनबाट खुल्ने उनले बताए ।
घटना राती ११ बजेपछि भएको बताइएको छ ।