बुधबार , असार २४, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाकै अगाडि देउवालाई संसदीय दलको नेताबाट हटाउन फेरि प्रयास गर्ने बताएका छन् । बैठकमा पार्टी केन्द्रीय सदस्य सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै थापाले अहिले संसदीय दलको नेता फेर्नु आवश्यक रहेको र त्यसका लागि आफू लाग्ने बताए ।

‘संसदीय दलको नेता बदल्न लाग्छु, सके बदल्छु नसके मानेकै छु मान्छु । तर बदल्न लाग्छु ।’ थापाले भने– एकपटक प्रयास गरें, सकिनँ । अब नबदल्ने त ?  बदल्न आवश्यक छ ।’ विधानले नै नेता बदल्न ठाउँ दिएको भन्दै थापाले देउवा नआत्तिँदा पनि देउवा निकट नेता आत्तिएको भन्दै कटाक्ष गरे । थापाले नेता बदल्ने कुरा आफूले आफ्ना लागि नगरेको र जो कोही बने पनि हुने बताए । ‘ पाँच पटक भैसकें, अब म बन्दिनँ भनेर सभापतिजीले भन्न सक्नुहुन्छ, तर अरु साथीहरु आत्तिनुभएको छ ।’ थापाले भने, मैले मेरा लागी गरेको होईन, जो भएपनि हुन्छ ।

पार्टी बहुमत अल्पमतले मात्रै नचल्ने भन्दै थापाले  फरक मतले ठाउँ पाउनुपर्ने बताए । महामन्त्रीले कतिपय निर्णयहरु संचार माध्यमबाटै आएकोले आफूले पनि संचार माध्यमबाटै दिएको उनले बताए ।

पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको उनले बताए ।  थापाले नागरिकमा निराशाको क्रम बढेको बताए । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP