मंगलबार , असार २३, २०८३

बुटवल उद्योग बाणिज्य संघले सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गरिएको नीति परिवर्तन नगर्न माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी भन्सार विन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको शुरुवात नहुँदै खारेज गर्न चलखेल शुरु भएकोले सीमा नाकाबाट हुने भन्सार छली र अवैध आयातमा कडाई गर्न माग गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व गृह राज्य मन्त्री देबेन्द्रराज कंडेलले दुई दिनअघि सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गरिएको नीति परिमार्जन गर्न माग गर्दै अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएपछि व्यवसायीले विरोध जनाएका हुन् ।

संघका अध्यक्ष उज्ज्वल कसजूले देशको अर्थतन्त्रलाई दरिलो बनाउन भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्न आग्रह गरे । सय रुपैयां माथिको सामान आयातमा भन्सार अनिवार्य गर्दा नेपाली बजारको ब्यापार कपडामा २० प्रतिशत तथा कस्मेटिक र मोटरपार्टस्मा १० प्रतिशतका दरले बृद्धि भएर व्यवसायीले थोरै भएपनि राहत महसुस गरेका बताए ।
सीमा क्षेत्रका नेता र सांसदहरुले रोटीबेटीको सम्बन्धको नाममा सीमावर्ती बजारलाई फेरि खुकुलो बनाउनुपर्छ भनेर अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाचार आएपछि चिन्तित भएको कसजूले बताए । नेपाली व्यवसायीले वर्षौंदेखि सीमा नाकामा कडाई गरी विना भन्सार सामान आयात रोक्नुपर्छ भन्ने माग गर्दै आएको र उक्त माग कार्यान्वयन हुनै लाग्दा फेरि भारतीय व्यवसायीलाई पोस्ने गरी आवाज उठ्नु विडम्बना हुने उनले बताए ।
संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, महासचिव विमलराज भट्टराईले  मुलुक आर्थिक संकटमा रहेका बेला भन्सारलाई फेरि खुकुलो बनाउने कुरा स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP