मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सांसद बासुदेव घिमिरेले विद्यार्थीहरूले मुलुकमै भविष्य र अवसर खोज्नुपर्ने बताएका छन् । अस्थीर सरकारका कारण सबै क्षेत्रलाई असर पु¥याए पनि सरकारलाई मात्र गाली गर्ने नभई विदेश जाने मनस्थिति त्यागेर देशमै धेरै सम्भावनाको खोजी गरी भविश्य बनाउने प्रण गर्नुपर्ने बताए ।
न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद घिमिरेले आफ्नो देशमा केही पनि छैन भनेर निराशाको खेती गर्न नहुने र सक्षम युवा विद्यार्थीलाई स्वदेशमै भविष्य देख्ने वातावरण बनाउन आफू र आफ्नो दल निरन्तर लाग्ने बताए ।
राज्यले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि केही अपबाद बाहेक सबै विद्यालयको शैक्षिक गुणस्तरमा दुर्दशा रहेको बताए । संस्थागत विद्यालयमा सरकारले कुनै सहयोग नगरे पनि विद्यार्थी र अभिभावकको आकर्षण रहेको भन्दै सांसद घिमिरेले भने – ‘सरकारले लिने दायित्व संस्थागत विद्यालयले लिएर देशकै शैक्षिक विकासमा प्रमुख भूमिका निभाएका छन ।’
सांसद  घिमिरेले न्यू होराइजन निजी र संस्थागतका लागि मात्र नभई सरकारी विद्यालयका लागि पनि राष्ट्रको सर्वोकृष्ट शैक्षिक संस्था र सिकाईको केन्द्रको रुपमा स्थापित भएको बताए ।

कार्यक्रमलाई संवोधन गर्दै विद्यालयका सञ्चालक निर्मलप्रसाद लाकौलले कक्षा ११ र १२ उत्तीर्ण गर्दा वित्तिकै विदेश जान मिल्ने नीतिमा सरकारले नियन्त्रण र परिमार्जन गर्नुपर्ने बताए ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले गुणस्तरीय र उत्कृष्ट शिक्षा काठमाडौं बाहिर मोफसलमा पनि दिन सकिन्छ भन्ने उदाहरण न्यू होराइजनका विद्यार्थीले पटक पटक हासिल गरेका सर्वोत्कृष्ट नतिजाहरुले प्रमाणित गरेको बताउंदै उपयुक्त शैक्षिक वातावरणका साथ विद्यार्थीमैत्री शैक्षिक संस्था बनेको बताए ।
विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले विद्यार्थीलाई अनुशासित, कक्षामा नियमितता र समयनिष्ट बनेर पढनुपर्ने बताए । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढाउदै आएको विद्यालयमा यो वर्ष विज्ञानमा २५३ र व्यवस्थापनमा ३६० विद्यार्थी भर्ना भएको प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीलाई उत्पादनसँग जोडिन आग्रह गरे । कार्यक्रममा गायक प्रमुख खरेल सहित विभिन्न कलाकारहरुको गायन तथा नृत्यको प्रस्तुतिमा विद्यार्थीहरू भरपूर मनोरन्जन लिंदै झुमेका थिए ।

कार्यक्रममा उपप्राचार्य बालकृष्ण भण्डारी,कक्षा १० का संयोजक प्रकाश गौतमले पनि आफ्नो धारणा राख्दै अभिभावक, नागरिक समाज र सरोकारवालाको सल्लाह सुझाव अनुसार अघि बढेकाले न्यू होराइजन उत्कृष्ट विद्यार्थीको रोजाईको थलो बनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP