शनिबार , बैसाख ६, २०८२

काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएका थिए। नालामाथि स्ल्याबहरू राखिएको भए पनि जहाँ स्ल्याब थिएन, त्यही ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ।

‘खेल्न भनेर निस्किएका थिए,’ डिएसपी अधिकारीले भने, ‘पानी ठूलो परेकाले भेल आएको थियो। त्यही नालाको खाल्डोमा परेर बगायो।

प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP