शनिबार , बैसाख ६, २०८२

एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स-रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो ।

त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका हुन् ।योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो ।  सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP