बुधबार , असार २४, २०८३
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएजसी) ले फरवार्ड केलियन एमबाप्पेलाई एसियाको प्रि-सिजन भ्रमणबाट बाहिर राखेर ‘नैतिक उत्पीडन’ गरेको आरोप लागेको छ। फ्रेञ्च फुटबलर युनियनले कानुनी लडाइँ लड्ने समेत चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

पिएसजीका लागि सर्वाधिक गोलकर्ता एमबाप्पेले क्लबसँगको सम्झौता थप गर्न चाहेका छैनन्। पिएसजी र एमबाप्पेबीच सन् २०२४ सम्मका लागि सम्झौता छ।

२४ वर्षीय एमबाप्पेले सम्झौता थप गर्न नचाहेपछि क्लबले यो सिजन नै एमबाप्पेलाई अर्को क्लबमा पठाएर शूल्क उठाउन चाहेको छ। तर एमबाप्पे भने यो सिजन क्लबमा खेलेपछि अर्को सिजन फ्रि ट्रान्सफरमा अर्को क्लबमा जाने योजनामा छन्। त्यसो हुँदा पिएसजीलाई कुनै शूल्क आउने छैन।

सन् २०१७ मा एमबाप्पे अर्को फ्रेञ्च क्लब मोनाकोबाट १६५.७ मिलियन पाउन्डमा पिएसजी आएका थिए।

क्लबमा आएपछि प्रभावशाली खेल देखाएका एमबाप्पेसँग अहिले भने क्लबको सम्बन्ध चिसिएको छ।

जसका कारण एमबाप्पेलाई जापान र दक्षिण कोरिया जाने पिएसजीको टिम बाहिर राखिएको छ।

उनलाई टिम बाहिर राखेपछि फुटबलरको युनियनले विज्ञप्तिमार्फत खेलाडीलाई दबाब दिनु अनुचित भएको उल्लेख गरेको छ। साथै युनियनले खेलाडीलाई क्लब छाड्न वा क्लबमै बस्न बाध्य पारिनुलाई नैतिक उत्पीडन भएको बताएको छ। यो फ्रेञ्च कानुनविरुद्ध भएको बताउँदै युनियनले क्लबविरुद्ध अदालत जाने समेत चेतावनी दिएको छ।

एमबाप्पे पिएसजीका प्रमुख खेलाडी हुन्। उनले २६० खेल खेल्दै २१२ गोल गरिसकेका छन्।

फ्रान्सलाई २०१८ को विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेले २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। उनी हाल फ्रेञ्च राष्ट्रिय टिमका कप्तान समेत हुन्।

२०२२ को अन्त्यमा उनी स्पेनिस क्लब रियल म्याड्रिड जाने अपेक्षा गरिएको थियो। तर पिएसजीमा दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि सबै चकित परेका थिए।

पिएसजीका अध्यक्ष नासेर अल-खेलाफीले एमबाप्पेलाई सन् २०२४ मा फ्रि ट्रान्सफरमा अन्य क्लब जान दिने कुरा ‘असम्भव’ भएको बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP