शनिबार , बैसाख ६, २०८२

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

सुनसरीमा बुधबार भएको अगुवा कार्यकर्ता भेलामा बोलेका उनले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति देउवालाई भनिसकेको बताए।

सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदैं अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए।

किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उनले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए।

सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि कांग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP