मंगलबार , अषोज २७, २०८३

सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो।

कुटपिट घटना गत असार २९ गतेको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए।

१९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो।

‘उनीहरूबीच सामान्य विषयमा झगडा भएको देखिन्छ,’ उनले भने।

प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ।

आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ।

कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP