शनिबार , बैसाख ६, २०८२

सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो।

कुटपिट घटना गत असार २९ गतेको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए।

१९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो।

‘उनीहरूबीच सामान्य विषयमा झगडा भएको देखिन्छ,’ उनले भने।

प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ।

आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ।

कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP