मंगलबार , अषोज २७, २०८३
श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा अहिले नेपालले भारतको ‘ए’ टिमविरूद्ध खेलिरहेको छ।

कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ। नेपालले चार विकेट गुमाइसकेको छ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसहित देव खनाल  र भीम सार्की आउट भइसकेका छन्।

भुर्तेल शून्यमा आउट भए। उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारे। यस्तै आसिफ ७ रनमा राजवर्धनबाट  विकेट पछाडि समातिए।

यस्तै देव खनाल १५ रन बनाएर खेलिरहदा राजवर्धनकै बलमा रियान परागबाट समातिए। यस्तै भीम सार्की हर्षित रानाबाट ८.५ ओभरमा ४ रनमा बोल्ड भए। त्यतिबेला नेपालले ४ विकेटको क्षतिमा ३५ रन जोडेको थियो।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

Ncell
प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी –  पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP