मंगलबार , बैसाख २९, २०८३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पुरा नगरेसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन् । आफूहरुले यसपटक चेक होइन, नगद मात्र लिने बताउँदै उनले छलफल गर्दा सबै दलले माग पुरा गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन कसैले नगरेको गुनासो गरे ।

उनले भने, ‘देशमा एकता र सुरक्षाको आवश्यकता छ । अहिले परिणामको आवश्यकता छ । यसका लागि बौद्धिक समाज लगनशील भएर लाग्नुपर्छ ।’

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले बुधवार आयोजना गरेको १३ औं वार्षिक उत्सव तथा संगठन समायोजन कार्यक्रममा उनले जसपाले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेको र आफ्नो माग पुरा गराउनका लागि हरेक दलसँग कुरा गर्दै आएको बताए ।

उनले अहिले पनि विभिन्न दलसँग आफ्नो माग पुरा गराउनका लागि कुराकानी गरिरहेको तर सकारात्मक नतिजा नआएको बताए । संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहाइ, नागरिकता लगायतका मुद्दाका विषयमा आफूहरुले सरकार तथा अन्य दलसँग कुराकानी गरिरहेको उनले बताए ।

ठाकुरले उपेक्षित समाजका लागि सरकार नभएको भन्दै सरकारबाट नै जनता पीडित रहेको बताए । मधेश आन्दोलनमा लागेको कारण करिब १२ सय जनामाथि सरकारले मुद्दा चलाएको उनले बताए ।

‘हाम्रो पीडालाई सरकारले सम्बोधन गरिरहेको छैन,’ उनले भने, ‘हाम्रा थुप्रै मान्छे जेलमा छन्, मन्त्रीमाथि मुद्दा छन्, सांसद जेलमा छन् यी सबै मुद्दाहरु खारेज गर्नुपर्छ ।’ आफूहरुले प्रधानमन्त्रीलगायतका व्यक्तिलाई भेट्दा रेशम चौधरीलगायतका व्यक्ति दोषी नभएको बताए पनि उनीहरुलाई छाड्न नसकेको ठाकुरको गुनासो छ ।

नेपालमा अहिले राजनीतिक द्वन्द चलिरहेको बताउँदै उनले दलको आन्तरिक द्वन्द्वका कारण सरकार अप्ठ्यारोमा परेको बताए । अहिले राजनीतिमा जुन संकेत देखिएको छ त्यो राम्रो संकेत नरहेको बताउँदै देशको राजनीति अस्थिरतातर्फ गइरहेको उनले बताए ।

उनले भने, ‘संविधानमा संशोधनको आवश्यकता छ भनि तीन ठूला दलले भनिरहेका छन् तर संशोधन गरिहेको छैन । संविधान अनुसार कुनै पनि काम हुँदा त्यसमा विवाद हुने गरेको छ । हरेक धारामा कुनै न कुनै समस्या छ । त्यसका लागि पनि संविधान संशोधनको आवश्यकता छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP