शनिबार , जेठ २५, २०८२

दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।

दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ। अन्डरपासमा पानी भरिएपछि त्यहाँ एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका छन्।

अन्डरपासमा अरू धेरै मानिसहरू फसेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। उनीहरूको खोजी र उद्धारको प्रयास भइरहेको छ।

दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले १० जना मानिस बेपत्ता भएको र अहिलेसम्म झन्डै ८ हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको बताएको छ।

भारी वर्षाका कारण दक्षिण कोरियाको रेल सेवा पनि प्रभावित भएको छ।

मनसुनका कारण दक्षिण कोरियामा विगत चारदेखि भारी वर्षा भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP