बुधबार , असार ४, २०८२

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै अब यो फाइल खोल्नुपर्ने बेला आएको स्मरण गराए ।

आज (शुक्रबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद साहले भने-“प्रचण्डजी जब प्रधानमन्त्री हुनुभयो, यो तेस्रो पटक, तब दुनियाँले ठूलो आशा गरेको छ । अब गौर हत्याकाण्डको फाइल खुल्छ भनेर । अझैपनि हामी आशावादी छौं की उहाँमाथि । किनकी उहाँले हामीलाई बोलाएर गौर हत्याकाण्डको फाईल खोल्छु भन्नुभएको छ ।” सांसद साहले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संलग्नता रहेको आरोप लगाए ।

पत्रकार धमलाले उपेन्द्र यादव त अहिले सत्ता गठबन्धनको ठूलो नेता हो नि ? कसरी यो काण्डको फाइल खुल्छ ? भनेर राखेको जिज्ञासमा सांसद साहले भने-“प्रचण्डजीलाई त हामीले भेटेरै भन्यौं, पीडितहरुले पनि भेटेरै भने, प्रचण्डजीले भन्नुभएको छ कि यो गौर हत्याकाण्डको फाइल खुल्छ भनेर । तपाईँहरुले न्याय पाउनुहुन्छ भनेर । हामी आशावादी छौं । तर, ढिलासुस्ती भैरहेको छ । जुन स्पिरिट र स्पिडमा जानुपर्दथ्यो, त्यो भैरहेको छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP
सोमंबुबिशु