मंगलबार , बैसाख २९, २०८३

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै अब यो फाइल खोल्नुपर्ने बेला आएको स्मरण गराए ।

आज (शुक्रबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद साहले भने-“प्रचण्डजी जब प्रधानमन्त्री हुनुभयो, यो तेस्रो पटक, तब दुनियाँले ठूलो आशा गरेको छ । अब गौर हत्याकाण्डको फाइल खुल्छ भनेर । अझैपनि हामी आशावादी छौं की उहाँमाथि । किनकी उहाँले हामीलाई बोलाएर गौर हत्याकाण्डको फाईल खोल्छु भन्नुभएको छ ।” सांसद साहले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संलग्नता रहेको आरोप लगाए ।

पत्रकार धमलाले उपेन्द्र यादव त अहिले सत्ता गठबन्धनको ठूलो नेता हो नि ? कसरी यो काण्डको फाइल खुल्छ ? भनेर राखेको जिज्ञासमा सांसद साहले भने-“प्रचण्डजीलाई त हामीले भेटेरै भन्यौं, पीडितहरुले पनि भेटेरै भने, प्रचण्डजीले भन्नुभएको छ कि यो गौर हत्याकाण्डको फाइल खुल्छ भनेर । तपाईँहरुले न्याय पाउनुहुन्छ भनेर । हामी आशावादी छौं । तर, ढिलासुस्ती भैरहेको छ । जुन स्पिरिट र स्पिडमा जानुपर्दथ्यो, त्यो भैरहेको छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP