मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ। शुक्रवार चलचित्र ‘बगान’ रिलिज भएसँगै यसका कलाकारहरु काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शकसामु पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले दर्शकसँग साक्षात्कर गरेका छन् ।

चलचित्र हेर्दा हेर्दा रोईरहेका दर्शकले आफ्नै अगाडी चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए । चलचित्र हेरेर भावविह्वल भएका पुरुष दर्शकले समाज रुपान्तरणका लागि यो चलचित्र बनेको प्रतिक्रिया दिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराईदिएको बताए ।

विधवा आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भएतापनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को चलचित्रमा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिईन् ।

भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमामा कलाकारहरू पुगेका थिए । दुई दिन अगाडी भएको प्रिमियरमा पनि यो चलचित्रले तारिफ पाएको थियो । ‘बगान’ देशभरका १०० भन्दा बढि हलमा १५० भन्दा बढि शो सङ्ख्या सहित चलिरहेको छ ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP