मंगलबार , अषोज २७, २०८३

वेस्ट इन्डिज एकदिवसीय विश्वकप २०२३ मा छनोट हुन असफल भएको छ।

जिम्बावेमा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत सुपरसिक्सको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा छनोट नहुने पक्का भएको हो।

विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको फाइनलमा पुग्ने दुई टिम विश्वकपमा पुग्ने प्रावधान छ।

शनिबार पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १८१ रनमै अलआउट भयो। १८२ रनको लक्ष्य स्कटल्यान्डले ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

सन् १९७५ र १९७९ को विश्व विजेता वेस्ट इन्डिज १९८३ को उपविजेता हो। १३औं संस्करणसम्म लगातार विश्वकप खेलेको वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP