मंगलबार , अषोज २७, २०८३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर के भयो भनी प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले रातोपाटीसँग भने–‘प्रधानमन्त्रीले फेरि ताजा जनादेशमा जानुपर्ने जस्तो कुरा निकाले । चुनाव चुनाव मात्रै भनेर त्यो मात्रै समस्याको समाधान हो ? त्यत्रो संघर्षबाट बनेको संविधान सहमति किन तोडियो ? चुनाव भएपछि के कुरा पहिला समाधान हुन्छ त ? हामीले फेरि चुनावपछि पनि यस्तै अवस्था आयो भने के गर्ने भन्यौँ ।’

प्रधानमन्त्रीले मैले विघटन गरेको संसद अदालतले फर्काइदियो तर संसद चलिरहेको छैन, यो संसदको प्रभावकारिता छैन भन्ने गैरजिम्मेवार कुरा गरेको नेता पौडेलले बताए । प्रधानमन्त्रीले संसद पुनःस्थापना भएपछि झन् अस्थिरता निम्तिएको र संसद राम्रोसँग चल्ने अवस्था नरहेको बताएका थिए । छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री स्वयम् संसदीय दलको नेता भएकोले सदन चलाउन खै पहल गरेको भन्ने कुरा राखेको नेता पौडेलले जानकारी दिए ।

छलफलमा राष्ट्रपतिलाई संसद विघटन पहिले पनि यसरी नै सर्वदलीय बैठक राख्नुपर्थ्यो भनेर आफूले कुरा राखेको पौडेलले बताए । उनले भने–‘अहिले चुनावमा जाने बेला भएको छैन । सर्वसम्मत भएर जारी गरेको यो संविधान तोड्ने, फेरि चुनावमा गएर भोलि स्थिर सरकार आउँछ, संसद बलियो हुन्छ भनेर कसले जिम्मा लिने ? यसका कुनै ग्यारेन्टी छ । चुनाव मात्र समस्याको समाधान हो ? सकिएन भने संसदमा निकास दिने काम त प्रधानमन्त्रीको हो नि । देश संकटमा परेको बेला झन् झन् संकटतिर लाने भनेर कुरा गरे ।’

बैठकमा प्रधानमन्त्री केपी शर्माओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए । बैठकमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल भने सहभागी भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP